काठमाडौं, ३० असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको ७३ वर्षका उमेरमा निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको बुधबार विहान ३ बजे ८ मिनेटमा चितवनस्थित आफ्नै निवासमा निधन भएको छ ।
उनको बुधबार नै अन्त्येष्टि गरिएको माले केन्द्रीय सदस्य परशुराम लामिछानेले जानकारी दिएका छन ।
शोक सभामा एमाले महासचिव सीपी मैनालीका साथै विभिन्न दलका नेता कार्यकर्ता उपस्थित थिए । श्रेष्ठका एक छोरा र एक छोरी छन् ।