KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको छ : मुख्यमन्त्री सिँह

जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको छ : मुख्यमन्त्री सिँह

जनकपुर, ३० असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् ।

६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले कानुन कार्यान्वयनसँग सम्बद्ध धेरैवटा कामको जिम्मेवारी रहेको नेपाल प्रहरीलाई थप व्यावसायिक संगठनका रूपमा प्रतिष्ठित गर्न दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको औंल्याए ।

उनले प्रदेश सरकारले मधेश प्रदेशका विभिन्न प्रहरी एकाइलाई सबल बनाउन भौतिक पूर्वाधार विकास तथा विभिन्न आवश्यक सामग्री उपलब्ध गराएर साधनस्रोत सम्पन्न बनाउने प्रयास गर्दैआएको जानकारीसमेत दिए ।

‘नेपाल प्रहरीमा कुशल तथा निपुण जनशक्ति विकासको पाटोमा समेत प्रदेश सरकार गम्भीर छ । प्रहरी जनशक्तिको दक्षताबाटै नागरिकमा शीघ्र न्याय प्राप्तिको बाटो खुल्नेछ,’ मुख्यमन्त्री सिँहले भने ।

उनले केही दिनअघि देशसँगै मधेश प्रदेशमा समेत आएको बर्खाबाढी र डुबानका बेला राज्यका अन्य निकायसँगै नेपाल प्रहरीले समेत तत्काल तत्परता देखाएकाले थप क्षति रोक्न सफल भएको चर्चा गर्दै नेपाल प्रहरीका कामको विविधीकरण मात्र नभई विशिष्टीकरणसमेत हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सिँहले भने, ‘विपत्ति तथा प्रकोपमा खोज तथा उद्धार, सवारी व्यवस्थापनलगायतका काम नेपाल प्रहरीले गर्दैआएको छ । यी जम्मै कामबाट प्राप्त अनुभव र अभ्यास थप व्यवस्थित र परिणामुखी बनाउँदै जानुपर्छ ।

’ मुख्यमन्त्री सिँहले प्रदेशमा लागुऔषधको दुव्र्यसन तथा ओसारपसार र भन्सार छलेर मालसामानको चोरीनिकासी हुने स्थिति चिन्ताजनक रहेको टिप्पणी गर्दै यी प्रवृत्तिलाई निरुत्साहित एवम् नियन्त्रण गर्न नेपाल प्रहरीको भूमिका अझ सशक्त बन्नुपर्ने बताए ।

उनले प्रहरीको परम्परागत कार्यशैलीमा सकारात्मक परिवर्तन आइरहेकोमा सन्तोष व्यक्त गर्दै नागरिकको विश्वास जित्न प्रहरीको व्यवहार थप सरल, निष्पक्ष र पारदर्शी हुनुपर्ने सुझाए ।

मुख्यमन्त्री सिँहले मानवअधिकारको संरक्षण र प्रवद्र्धनप्रति नेपाल प्रहरीको निष्ठा चुलिँदै जाने विश्वाससमेत व्यक्त गरे । कार्यक्रममा मुख्यमन्त्री सिँहले प्रहरी कर्मचारी, नागरिक तथा खेलाडीहरूलाई कदर तथा प्रशंसापत्र प्रदान गरे ।

त्यसक्रममा उनले धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० ढल्केवरका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक ८५ वर्षीय हरिबहादुर खडकालाई दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलगायतका व्यक्तिहरूले आआफ्ना धारणाा राखेका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको शुभकामना सन्देश वाचन तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

विस २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरी दिवसका रूपमा मनाइन्छ । विसं २०१२ मा नेपाल प्रहरी ऐन आएको थियो । नेपाल प्रहरीले २०५२ सालदेखि स्थापना दिवस मनाउँदै आएको छ ।

Facebook Comment

Related Posts

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

विशिष्ट परिस्थितिमा संयम र एकता आवश्यक : प्रधानमन्त्री कार्की

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

जसपा नेपालले माघ ५ मा देशभर ‘बलिदानी दिवस’ मनाउने

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

पार्टी एक ढिक्का छ, षड्यन्त्र असफल भयो : ओली

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

मधेसबाट ‘परिवर्तनको यात्रा’ सुरु गर्दै रास्वपा

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

देउवा कि थापा ? कांग्रेसको आधिकारिक हस्ताक्षरबारे आयोगमा निवेदन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

झापा-५ मा बालेन उम्मेदवारीको चर्चा, सम्पर्क कार्यालय अझै टुंगो लागेन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar