पर्सा, २९ असोज । पर्साको मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ ।
मंगलबार दिउँसो एसएसबीले कवाडी सामान लिएर आउँदै गरेको मान्छेलाई ताकेर गोली चलाएको स्थानीयहरुले प्रहरीलाई जानकारी दिएका छन ।
गोलीको खोटा फेला परे लगतै घटनास्थलमा पर्साको प्रहरी टोली पुगेका छन । घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले बताए ।