काठमाडौँ, २९ असोज । काठमाडौँ महानगरपालिकाले पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ ।
महानगरपालिकाले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको छ ।
धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको पत्रमा उल्लेख गरेको छ ।
जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ ।