काठमाडौं, २८ असोज । दसैंको राति नेपालगन्जको कोहलपुरका चन्द्रबहादुर कामीको टाउको नभएको शव प्रहरीले फेला पारेको थियो ।
त्यसरी शरीर मात्रै भेटिएको दुई दिनपछि प्रहरीले शवको टाउको पनि फेला पारेको छ । कोहलपुरका चन्द्रबहादुर कामीको शरीर भेट्टाको दुई दिनपछि टाउको भेट्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शवको टाउको चन्द्रबहादुर कामीकी बहिनी नाता पर्ने सुनिता परियारको घरको ट्वाइलेटको सेफ्टी ट्याङकीमा भेट्टिएको डीएसपी आयुष्मान जोशीले बताए ।
उक्त घटना बारेमा विस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शनिबार राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।