काठमाडौं, २६ असोज । असोज २६ गते मनसुन बाहिरिएसँगै देशभर पश्चिमी वायुको प्रभाव फैलिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, सुदूरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि वायुको प्रभाव सामान्य र कोसी प्रदेश, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाव परिरहेको छ ।
साथै स्थानीय वायुको पनि आंशिक प्रभाव परिरहेको छ । गत जुन १० तारिखमा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन आज अक्टोबर १२ तारिखका दिन पूर्वबाटै बाहिरिएको छ ।
योसँगै देशमा मनसुनी वायुको प्रभाव अन्त्य भएको छ । मनसुन बिदा भएसँगै नेपालमा बर्खायामको औपचारिक अन्त्य भएको छ भने पोस्ट मनसुन सुरु भएको मौसमविद्ले बताएका छन् ।
मौसम महाशाखााका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।