जनकपुर, २६ असोज । विजयादशमीको अवसरमा जनकपुरधाममा रावण बध र लंकादहन सम्पन्न गरेको छ ।
विजयादशमीको अन्तिम दिन शनिबार साँझ रावणको प्रतिमा बनाएर ‘बध’ गरिएको छ । जनकपुरको धनुषसागर पोखरीको पूर्वी डिलमा रावण, मेघनाथ र कुम्भकर्णको प्रतिमामा आगो लगाइएको छ ।
१४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा रावण ‘बध’ कार्यक्रम गरिदैं आएको छ ।
१४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले आफ्नी श्रीमती सीतालाई रावणको कब्जाबाट मुक्त गर्न सफल भएका थिए । त्यसैको खुसीयालीमा जनकपुरमा विजयादशमीको दिन रावण वधका लागि विशेष कार्यक्रमको आयोजना हुँदै आएको छ ।
महावीर युवा कमिटीको पहलमा पछिल्लो १0 वर्षदेखि जनकपुरमा रावणवध कार्यक्रम भइरहेको छ ।