कैलाली, २६ असोज । कैलालीमा बञ्चरो प्रहार गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन् ।
गएराति राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या गरिएको छ । हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ ।
डम्बरले हिरादेवीको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डम्मरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लिएको छ ।














