काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष सर्वसाधारणलाई दसैँको टीका लगाइदिने कार्यक्रम रद्द गरेका छन् ।
उनले फेसबुकमा एक सन्देश जारी गर्दै उनले पारिवारिक सदस्यहरूसँग मात्रै टीका लगाउने बताएका छन् । प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसपालि विजया दशमीको टीका उल्लासपूर्ण नभएको बताए ।
उनले फेसबुकमा भिडिओ सन्देश जारी गर्दै भनेका छन, प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपालि विजया दशमीको टीका उल्लासपूर्ण हुने छैन ।
परिवारका सदस्यहरुसँगबाहेक यसपटक टीका लगाउने कार्यक्रम राखिएको छैन ।