एजेन्सी, भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उद्योगपति टाटाको उपचारका क्रममा बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको जानकारी गराएका हुन् ।
उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत धेरै दिग्गजले दुःख व्यक्त गरेका छन् । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मान गरेको थियो ।
उनको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– रतन टाटाको निधनसँगै भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको छ ।
यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन – श्री रतन टाटा जी एक दूरदर्शी व्यापारी नेता र एक असाधारण व्यक्ति थिए । उनले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएका थिए ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनले ९ अक्टोबर २०२४ मा अन्तिम सास फेरे ।