काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ ।
बालुवाटारमा संघका अध्यक्ष डा. बद्री केसीसहितको टोलीले प्रधानमन्त्री ओलीलाई उक्त रकम हस्तान्तरण गरेको छ ।
अध्यक्ष डा. केसीले हालैको बाढी, पहिरो र डुबानले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको बताए ।
‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको केसीले गुनासो गरे ।














