काठमाडौं, २३ असोज । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन सहयोग नगरे जबरजस्ती खाली गराउने चेतावनी दिएको छ ।
धर्मशाला खाली गराउन पुगेको काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जवरजस्ती खाली गराउने चेतावनी दिएको छ ।
वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले गौशाला खाली गराउन सहयोग नगरे जबरजस्ती खाली गराउने चेतावनी दिएका छन ।
तर मारवाडी सेवा समितिले गौशाला खाली गराउन अफिसियल पत्र लिएर आउन महानगरप्रहरीलाई भनेको छ । समितिले गौशाला खाली गराउन आफूहरुले अफिसियल पत्र नपाएको बताउँदै पत्र नआएसम्म खाली नगर्ने बताएको छ ।
उनीहरुले गौशाला खाली गराउन नदिने भन्दै मुख्य गेटमा प्रदर्शन गरिरहेका छ ।