काठमाडौँ, २१ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने उनको जिकिर थियो ।
अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरुलाई निर्देशन दिए । उनले लक्ष्य पूरा गर्न करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे ।
उनले त्रास, आतंक, भय सिर्जना गर्ने कामबाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने बताए । उपप्रधानमन्त्री पौडेलले करदातामैत्री व्यवहार गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
आफूले गर्ने कामलाई लगनशील भएर गर्नुपर्नेमा उपप्रधानमन्त्री पौडेलले जोड दिनुभएको छ ।