काठमाडौं, २० असोज । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा सहभागी नभएको रवि लामिछाने नेतृत्वको रास्वपाले उपचुनावमा सहभागी हुन दल दर्ता गराएको छ । दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी छ ।
अन्तिममा नेपाली जनता दल रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए ।