काठमान्डौँ, १९ असोज । गृहमन्त्री रमेश लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सकिने बताए ।
काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाढीपहिरो र डुबानबाट प्रभावित जिल्लाका पालिकाहरुलाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन आग्रह गरेका छन् ।
शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सकिने बताए ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा सरकारले गरिसकेको बताउँदै उनले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी दिए।