काठमाडौं, १९ असोज । सरकारले विमान परिचारक÷परिचारिका (क्याबिन क्रु) को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पु¥याउन तयार भएको छ ।
शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गदैआन्दोलनरत क्याबिन क्रुहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाउन निर्देशन दिएका छन ।
हाल निगमको विनियमावलीमा क्याबिन क्रुको उमेर हद ४५ वर्ष छ, आफूले निगम व्यवस्थापनलाई त्यो व्यवस्था संशोधन गर्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।