काठमाडौं, १९ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् ।
माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार आयोजना गरेको भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।
विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेकोले अब एक्लै चुनाव लड्ने उनको भनाइ छ ।
अब देशब्यापीरुपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको पनि उनले बताए । जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने गरी अगाडि बढ्ने उनले बताए ।