जनकपुर, १९ असोज । तत्मा कर्मचारी समाज धनुषाले विजयादशमी, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै सांसद लखन दासले दलित समुदायलाई संगठित भएर आफ्नो अधिकारको लागि अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, चुनावको बेला “हामीले एकजुट भएर आफ्नो समुदायका उम्मेदवारलाई जिताउनको लागि काम गर्नुपर्छ, ताकि हाम्रो आवाज सुनियोस्।”
सांसद दासले थपे, “सरकारले जबसम्म दोहोरो शिक्षा प्रणाली लागू गर्दैन, तबसम्म दलित समुदायको शिक्षामा कल्याणको कुरा असंभव हुनेछ ।” उनले दलित अधिकारका लागि एकता र संघर्षको महत्त्वलाई पुनः जोड दिएका छन्,
जसले समुदायको भविष्यमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे । यस कार्यक्रमले दलित समुदायका अधिकारको विषयलाई एकपटक फेरि प्रमुख बनाएको छ, र यसले आगामी दिनहरूमा सामुदायिक संघर्षको प्रेरणा दिने अपेक्षा गरिएको छ ।