काठमाडौँ, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् ।
शुक्रवार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी राष्ट्रपति पौडेललाई गराए ।
अध्यक्ष दाहाल स्विट्जरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज २५ गते प्रस्थान गर्ने छन् ।