कुलदिप दास (प्रेम)
जनकपुर, १८ असोज । तत्मा कर्मचारी समाज धनुषाले विजयादशमी, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यस कार्यक्रमले सामुदायिक एकता र सद्भावको सन्देश फैलाउने उद्देश्य राखेको छ । समाजका अध्यक्ष रामबाबु दासले यस कार्यक्रमको बारेमा जानकारी दिँदै, यसको महत्त्व र उद्देश्यका बारेमा स्पष्ट पारेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य लखन दास रहनेछन्, जसले समाजको विकास र उत्थानमा आफ्नो योगदानका लागि प्रेरणा दिनेछन् ।
कार्यक्रममा तत्मा समुदायका सरकारी र गैर सरकारी कर्मचारीहरूको उपस्थिती रहनेछ । यस अवसरमा, तत्मा समुदायका विभिन्न विषयमा चर्चा र परिचर्चा हुने अपेक्षा गरिएको छ ।
यसले समुदायको हर्षोल्लासमा थप महत्त्व प्रदान गर्नेछ र सामाजिक एकताको भावना प्रबल बनाउनेछ । सामुदायिक भावना र परम्परागत चाडपर्वको महत्त्वलाई उजागर गर्ने यस कार्यक्रममा सबैलाई उपस्थित भएर आफ्नो शुभकामना साटासाट गर्न आमन्त्रण गरिएको छ ।
कार्यक्रम यही असोज १९ गते शनिवारको दिन दिनकको १२ : ३० बजे जनकपुरको जानकी नगर स्थित धु्रवतारा स्कुलको प्रांगनमा रखिएको छ ।