काठमाडौं, १७ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थयमन्त्री पौडेलले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानीगर्दै उनले अहिले ट्रमा सेन्टरमा ९ जना घाइतेहरु उपचाररत रहेको मा सवैको अवस्था साधारण नै रहेको बताए । अझैपनि उपचार आवश्यक रहेका नागरिकहरु छुटेमा उपचारका लागि अस्पताल आउन आग्रह गर्दे उनले घाइतेहरुको उपचार कसरी व्यस्थित गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालय लागिपरेको बताए ।
उनले निजी अस्पतालहरुलाई पनि विपद्मा परि घाईते भएकाहरुको निःशुल्क उपचारको लागि सहयोग गर्न अनुरोध गरेको भन्दै उपचार नपाएर समस्यामा पर्ने स्थित रहेको बताए ।