काठमाडौं, १७ असोज । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताएका छन् ।
बीपी र पृथ्वी राजमार्ग सूचारु गर्न प्राथमिकताका साथ काम भइरहेको उनले बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्राकृतिक विपत्तिसँग जुध्न नसकिने भन्दै यससँग सम्झौता गरेरै जानु पनेतर्क गरे ।
काठमाडौं–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कारवाही हुने उनको भनाई छ । यो सडकमा अहिलेसम्म नभएको ठूलो दुर्घटना भएको उनले बताए ।