जनकपुर, १६ असोज । जनकपुरधामको प्रमुख शक्तिपिठ माँ राजदेवी मन्दिरको व्यवस्थापन गर्दै हरेक वर्ष आयोजना हुने दशैं मेलाको तयारी यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ ।
आयोजक श्री महाविर युवा कमिटिले यस विषयमा पत्रकार सम्मेलनमा जानकारी दिएका छन । मन्दिर प्रांगण स्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न समिति गठन गरी मेला, पुजापाठका साथै भिड व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको कमिटिका अध्यक्ष अजय गुप्ताले बताउनुभएको छ ।
दश वर्षदेखि बोकाबलीको टिकट दर दुई सय रहेको र यस वर्ष एक सय बढाएर तिनसय कायम गरिएको छ । बोकाबलीका लागि आउने सम्पूर्ण श्रद्धालुलाई निशुल्क भोजनको व्यवस्था गरिएको अध्यक्ष गुप्ताले जानकारी दिनुभएको छ ।
कमिटिका अनुसार जनकपुरधामको विशेषता र महत्वलाई दर्शाउने रामनवमी र जानकी नवमी जस्ता मेलाहरू लोप हुँदै गएका छन् । यसैबीच, भव्य दशमी मेला बचाउन सबैले सकारात्मक सोच्नुपर्ने कुरा पनि जोड दिएका छन् ।
श्री महाविर युवा कमिटिको निरन्तर प्रयासले यस मेला र स्थानीय सांस्कृतिक महत्वलाई जोगाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ । यस अवसरमा सबै धर्मावलम्बी र श्रद्धालुहरूलाई उपस्थित भई मेलाको रमाइलो गरिदिन पनि अनुरोध गरिएको छ ।