जनकपुर, १६ असोज । असोज ११ र १२ गतेकोे अविरल बर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानमा परी दुःखद निधन भएकाहरूको परिवारलाई मधेश प्रदेश सरकारलाई एक लाख रुपैयाँका दरले राहत दिइने मुख्यमन्त्री सतिशकुमार सिँहले जानकारी दिएका छन् ।
उनले विपद्मा ज्यान गुमाउने मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकटसमेत गरेका छन् ।
मुख्यमन्त्री सिँहले निरन्तर तथा तीव्र बर्र्षका कारण बाढी, पहिरो तथा डुबानजन्य विपद्बाट प्रभावित प्रदेशवासीलाई राहत पुर्याउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिँहले विपद्का बेला मधेश प्रदेशमा खोज, उद्धार एवम् तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मी तथा अन्य क्षेत्रलाई धन्यवादसमेत दिएका छन् ।