काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(मंगलबार)सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्।
पत्रकार सम्मेलन दिउँसो ४ बजे हुने तय भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार पत्रकार सम्मेलनमा विभिन्न समसामयिक विषयहरूलगायत बाढी पहिरोले गरेको क्षतिबारे पनि सरकारको तर्फबाट आफ्नो धारणा प्रस्तुत गर्न लागेका हुन् ।