काठमाडौं, १५ असोज । बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या २१८ पुगेको छ ।
विपदमा परेर २७ जना अझै हराइरहेको गृहमन्त्री रमेश लेखकले आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य तथा सुशासन समितिको आजको बैठकमा उनले विपद्मा भएको क्षतिबारे जानकारी दिएका हुन् ।
विपद्मा परी १४३ जना घाइते भएको उनले बताए । विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए । ५० वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौं उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको बताए ।
उद्धारमा नेपाली सेनाका तीन हजार नौ सय ६, नेपाल प्रहरीका १४ हजार आठ सय २ र सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति खटिएको उनको भनाइ छ ।