काठमान्डौं, १४ असोज । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको सम्मेलनमा झडप भएको छ ।
काठमाडौंको कीर्तिपुरमा जारी अधिवेशनको क्रममा सोमवार झडप भएको हो । झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । प्रतिनिधिका लागि दर्ता शुल्क चर्को गरिएको भन्दै अकोसमूह आक्रोशित बनेको छ । नेतृत्व चयनमा विवाद भएपछि अध्यक्षका आकांक्षीले सोमबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेट गरेका थिए ।
संस्थापन पक्षले विभिन्न काण्डमा मुछिएका दीपेश पुनलाई अध्यक्ष बनाउने प्रयास गरेपछि विवाद बल्झिएको छ ।