काठमाडौं १३ असोज । दसैँका लागि नेपाल राष्ट्र बैंकले आज (असोज १३ गते) बाट सुकिला नोट साट्न सुरु गरेको छ ।
आजदेखि नजिकैका बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले सुकिला नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सर्वसधारणले सुकिला नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी ) बाट साट्न सटही गर्न सक्नेछन्।
सुकिला नोट असोज २२ गतेसम्म सटही गर्न पाइने मुद्रा व्यवस्थापन विभागले जनाएको हो।