सर्लाही, ११ असोज । सर्लाहीको हरिवन नगरपालिकामा टिपरको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्युु हुनेमा हरिवन नगरपालिका वडा नं.०७ गणेश टोल बस्ने बर्ष ४२ को दिपक अधिकारी रहेको छ ।
शुक्रवार हरिवन नगरपालिका वडा नं.११ बासाटोल स्थित पुर्ब पश्विम राजमार्ग सडक–खण्डमा पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ११३७ नम्बरको टिफरले बा.प्र.०२–०३७ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर पश्चात् अधिकारी गम्भिर घाईते भएका थिए । घाइते अधिकारीको नमुना अस्पताल हरिवनमा उपचार क्रममा मृत्यु भएको थियो ।