काठमाडौं, १० असोज । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
तोलामा ३ सयै रुपैयाँले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार १० गते प्रतितोला १ लाख ६० हजार ४०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार १० गते प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ ।