काठमाडौं, १० असोज । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा ड्रोन, बेलुन र चङ्गा नउडाउन निर्देशन दिएको छ ।
‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,’ कार्यालयको सूचनामा उल्लेख छ ।