काठमाडौँ, ९ असोज । नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन् ।
उनले सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकताबद्ध बनाउनुपर्ने बताए । सबै मिलेर एकताबद्ध भएर अघि बढ्नुस् ।
अब हाम्रो देश सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिलाहरुको हो । उनले भने, ‘थारु, मुस्लिम सबैको देश हो ।
सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता छ ।