जनकपुर, ९ असोज । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिकाको शव बुधवार बिहान फेला परेको छ ।
धनुषाधाम नगरपालिका – ३ स्थित रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् ।
हिजो दिउँसोदेखि नै उनको खोजीकार्य गरेपनि साँझसम्म फेला परेको थिएन । बिहान शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।