काठमाडौँ, ६ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने बताएका छन् ।
काठमाडौँमा सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले विचार नपु¥याई यस्ता गल्ती नगर्न कांग्रेस र एमालेका नेताहरूलाई आग्रह गरे ।
‘संविधान संशोधनको विषयमा अलिकति पनि छेडखानीबाट गयौँ भने पान्डोराको बक्स खोले जस्तै हुन्छ । देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ ।
हामी सबैले ध्यान दिनुपर्ने कुरा यो छ’, सचेत गराउँदै उनले भने, ‘जनताले पाएको अधिकार खोसियो भने त्यसले ठुलो अराजकता जन्माउँछ ।
नेपालमा समाल्न सक्ने हुन्छ भन्ने लाग्दैन । अराजकता फैलाउने गरी संविधान संशोधन नगर्दिनोस् भन्न चाहन्छु । उनले दोस्रो संविधानसभाबाट पनि संविधान सजिलै बन्न नदिन धेरै शक्तिहरूले चलखेल गरेको स्मरण गरे ।