वीरगन्ज, ५ असोज । वीरगन्जको गौतम स्कुलमा अध्ययनरत एक बालकलाई शिक्षकले पिट्दा उनको कानको जाली फुटेको घटना सतहमा आएको छ ।
गौतम स्कूलको कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालक आर्जन राउत कुर्मीलाई गत बुधबार कक्षाकोठामै शिक्षिका निधी गुप्ताले कपीको पाना च्यातिएको निहुँमा पिट्दा आर्जनको देब्रे कानको जाली फुटेको हो ।
त्यसपछि उनलाई त्यही दिन आर्जनलाई आफूले नेशनल मेडिकल कलेजमा लगेर उपचार गराउने क्रममा चिकित्सकले कानको जाली फुटेको बताएको बुबा रामबाबुले जानकारी दिए।
त्यसपछि शुक्रबार फेरि थप उपचारका लागि वीरगन्जकै डाक्टर बिके झाको क्लिनिकमा लग्दा डाक्टर झाले पनि आर्जनको कानको जाली फुटेको बताएको रामबाबुले बताए।