जनकपुरधाम, ५ आश्विन । प्रादेशिक अस्पताल जनकपुरको निदेशकमा डा.जामुनप्रसाद सिंह नियुक्त भएका छन् ।
मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ बालरोग विशेषज्ञ डा. सिंहलाई शुक्रबार निर्देशकमा नियुक्त गरेको हो । यसअघि रहेका निर्देशक डा.रामनरेश पण्डितको सरुवा हुँदा डेढ महिनादेखि सो पद रिक्त थियो ।