काठमाडौं, ३ असोज । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट ७ जनालाई नियन्त्रणमा लिएको छ ।
संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेकालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले बिहीवार (असोज ३ गते) संविधान दिवस मनाइरहेका बेला असन्तुष्ट पक्षहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।