KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित अधिकारसम्बन्धी कानुनहरू बनेका छैनन् : दलित बक्ताहरु

दलित अधिकारसम्बन्धी कानुनहरू बनेका छैनन् : दलित बक्ताहरु

जनकपुर, २ असोज । संविधान जारी भएको नौ वर्ष बितिसक्दा पनि संविधानको मर्मअनुरूप दलित अधिकारसम्बन्धी कानुनहरू बनेका छैनन् ।

दलितलाई संविधानले दिएका अधिकारहरू कानुन निर्माण गरेर सुनिश्चित गर्न सरकार उदासीन बनेको छ । जनकपुरमा समाजवादी दलित मुक्ति सङ्गठनले आयोजना गरेको दलितका लागि संविधान संशोधन विषयक अन्तक्रिर्या कार्यक्रममा सरोकारवालाहरूले संविधानमा सुनिश्चित भएको अधिकारलाई ऐन बनाएर कार्यान्वयन गर्न सरकारले चासो नदिएको आरोप लगाएका छन् ।

दलितका लागि संविधान संशोधन विषयक अन्तक्रिर्या कार्यक्रममा वक्ताहरूले संवैधानिक हक कार्यान्वयनमा सरकारले आलटाल गरिरहेको आरोप लगाए ।

मधेश प्रदेशका पुर्ब सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि चमेली दासले संविधानमा दलित अधिकारका थुप्रै सवाल समेटिए पनि कार्यान्वयनमा कमजोर देखिएको बताइन ।

उनले दलित आयोग, दलित बिकास समिति, राजनीतिक दलका भातृसंठन र दलित अधिकारकर्मी लगायतले पनि आफ्नो भूमिका प्रभावकारीरुपले खेल्न नसकेको धारणा राखे । छलफलका लागि कार्यपत्र नै पेस गरेका उनले कानुन बनाउन सरकारको उदासीनताकै कारण समस्या देखिएको बताईन ।

दलित अगुवा तथा जसपा नेता चन्देश्वर पासवानले दलित समुदायको मुख्य समस्या जातीय छुवाछुत तथा विभेद भएकाले सबै भन्दा पछाडि पारिएका दलित महिला र मधेसी दलित समुदायको सवाललाई कानुनले सम्बोधन गर्नुपर्ने बताए ।

सङ्गठनका प्रदेश अध्यक्ष रामो महराले संविधान बने पनि कार्यान्वयनको पक्ष फितलो हुनुमा परम्परावादी सोच रहेको बताए । ‘जबसम्म दलित समुदाय सङ्गठित रूपमा आवाज उठाएर निर्णायक तहमा पुग्न सक्दैनन्, तब सम्म अधिकार प्राप्त हुन सक्दैन,’ उनले भने । दलित समुदाय राजनीतिमा आउन गैरभौगोलिक सवालको बहस गर्नु पर्ने धारणा राखे ।

मधेशका पुर्ब कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादबले पटक–पटक सरकार परिवर्तन भए पनि कुनै पनि सरकार दलित सम्बन्धी ऐन, कानुन बनाउन गम्भीर नभएको बताए ।

आज सम्मका आन्दोलन सत्ता केन्द्रित भए, सवाल केन्द्रित आन्दोलन नहुँदा कुनै पनि परिवर्तनले दलित समुदायलाई छुन सकेन,’ उनले भने ।

कार्यक्रममा दलित बक्ताहरुले संविधान अनुरूप ऐन, नियम, कानुनहरू बनाउने कुरामा ढिला सुस्ती भइरहेको र अहिले दलित आयोग र आरक्षण माथि प्रहार भइरहेको बताए ।

Facebook Comment

Related Posts

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

ताजा समाचार

एक्सेल सिट हाइड हुँदा बजेट विवरण छुट्यो : अर्थमन्त्री वाग्ले

आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धी विनियोजन विधेयक पारित

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

सप्तरीका १८ वटै पालिकामा मुक्त हरवा-चरवाको जनप्रदर्शन

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान जारी रहेको गृहमन्त्रीको दाबी

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

मंसिर २६ देखि २८ गतेसम्म राप्रपाको महाधिवेशन हुने

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

मानव बेचबिखनको आशंकामा विमानस्थलबाट २७ महिला रोकिए

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar