जनकपुरधाम, २ असोज । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा धान खेतमा एक युवकको शव फेला परेको छ ।
वडा नम्बर ६ मोहनपुर बस्ने २८ वर्षीय ईश्वर पोखरेलको शव बुधबार विहान स्थानीय शनि चौधरीको खेतमा फेला परेको हो बताएको छ । शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको र पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले बताएका छन ।
परिवारजनका अनुसार विश्वकर्मा पूजाको अवसरमा पोखरेल महुली बजारमा आयोजित सांस्कृतिक कार्यक्रम हेर्न पुगेका थिए । वैदेशिक रोजगारीमा रहेका पोखरेल १५ दिनअघि आमा बितेपछि किरिया गर्न घर फर्केका थिए ।