काठमाडौं, २ असोज । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ।
कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार प्रेस विज्ञप्तिमार्फत् आयोगले दिएको हो । कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि असोज ९ गते राजनीतिक दलको दर्ताको सूचना प्रकाशन हुनेछ ।
निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गनेकार्यतालिकामा उल्लेख छ ।
कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने कार्यतालिका छ । कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका छ ।