जनकपुरधाम, ३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवर्द्धन गरी गनेकार्यविधि बनाउन लागेको बताए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उनले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिए ।
मुख्यमन्त्री सिंहले स्वदेशी उद्योगलाई सबल र समक्ष बनाउँदै स्वदेशमा उत्पादन भएको वस्तु तथा सामानलाई विदेशमा निर्यात गर्ने गरी काम गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरे ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले प्रदेश आर्थिक र औद्योगिक नगरी भएकाले पनि युवा उद्यमीहरू लगनशील भएर अघि बढ्न जरुरी रहेको बताए ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरका अध्यक्ष रजत बजाजले प्रदेशका सबै खालका युवालाई समेटेर उद्यमशीलताको विकास र प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरे।