काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् ।
सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएको हो । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएकी छन् ।
निर्वाचित भएसँगै उनीहरुलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ खुवाएका हुन ।