धनगढी, ३१ भदौ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधका कारण बजेट पेश गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।
सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट सोमबार प्रस्तुत गर्दै थियो । सोही प्रयोजनका लागि बोलाइएको बैठक माओवादी र एकीकृत समाजवादीले अवरोध गरेको छ ।
माओवादी र एकीकृत समाजवादीका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित गरेका छन् ।