जनकपुर, ३१ भदौं । मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
गृह, संचार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै आज पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मधेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकले पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरेको थियो । संघीय सरकारले भने आज मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा दिएको छ ।
गृह मन्त्रालयले सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती सोमबार भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।