काठमाडौं, ३० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०÷८१ मा ८ अर्ब ४० करोड ६ लाख ४९ हजार रुपैयाँ बिगो मागदाबीसहित २०१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ, जसमा १ हजार ५४५ जना प्रतिवादी छन् ।
चारीमध्ये ६ जना सचिव (विशिष्ट श्रेणी), ३० जना सहसचिव वा सो सरह, ८२ जना उपसचिव÷सीडीई वा सो सरह, २०२ जना शाखा अधिकृत÷इन्जिनियर वा सो सरह र सहायक स्तरका २ सयजना कर्मचारी छन् ।
सबैभन्दा बढी गैरकानूनी वा लाभहानीअन्तर्गत १५ संस्थासहित १ हजार २९ जनाविरुद्ध ३ अर्ब ९७ करोड ९८ लाख रुपैयाँ बिगो दाबीसहित ५८ थान मुद्दा दायर भएको छ ।
घुस÷रिसवतअन्तर्गत ८४ जनालाई प्रतिवादी बनाई १ करोड ९१ लाख ६० हजार बिगोसहित ४८ थान, सार्वजनिक सम्पत्ति हानि नोक्सानीअन्तर्गत २४३ जनाविरुद्ध २ अर्ब १२ करोड ५८ लाख बिगोसहित ३३ थान मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।
झुटा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रअन्तर्गत ३४ जनाविरुद्ध ३४ थान मुद्दा र विवधअन्तर्गत ११ जनाविरुद्ध १ करोड ६१ लाख ३२ हजार बिगोसहित ४ थान मुद्दा दायर गरिएको छ ।