काठमाडौं, ३० भादौं । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ ।
गएराति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिनुभएको छ ।
यो भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महशुस गरिएको छ । मध्यराति भूकम्प गएपछि मानिसहरु डराएर घर बाहिर निस्किएका थिए ।
यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।