काठमाडौँ, २८ भाद्र । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् ।
डा. लोहनीले शुक्रबार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएका छन ।
१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।