काठमाडौं, २८ भादौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्नेछ ।
यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।