कठमाडौं, २६ भादौं । सरकारले नेपाल प्रहरीका तीन डिआइजीको सरुवा गरेको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट तीन डिआइजीको सरुवा भएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले पुष्टि गरेका छन ।
गृहले मधेश प्रदेशका डिआइजी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानेको छ ।
उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनको स्थानमा भरतपुर शिक्षालयका डिआइजी लालमणि आचार्यलाई पठाइएको छ ।
प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत डिआइजी राजेशनाथ बास्तोलालाई भने शिक्षालयमा पठाइएको छ ।