जनकपुर, २५ भदौ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का वडाध्यक्ष र वडासचिवसहित तीन जना ४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई रंगेहात अख्तियार पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरुलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई वडा कार्यालय परिसरबाटै घुस लिँदै गर्दा नियन्त्रणमा लिइएको अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले बताएका छन ।
घरबाटो प्रमाणित गर्ने कामका लागि सेवाग्राहीसँग घुस मागेको सूचना आएपछि टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।